बढ्यो पर्यटकीयस्थलमा चहलपहल
रासस
मंसिर १४, २०७७ आईतवार
कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ । पछिल्लो समय गाउँ गाउँमा होमस्टे (घरबास)को विकास, पर्वत–बागलुङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण हुनु, बुद्ध हिल, सोलेडाँडा,...