मानहुँकोटको लोभलाग्दो चर्चा, आउँछन् हजारौँ पर्यटक, पूर्वाधार थपिँदै
गोरखापत्र अनलाइन
मंसिर ६, २०७७ शनिबार
केही समयअघिसम्म गुमनाम रहेको मानहुँकोटमा हिजोआज जताततै चर्चा छ । यतिबेला मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन्छ । दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न दैनिक हजारौँ पर्यटक ओहिरिन्छन् ।
एकाएक पर्यटकको भीड लागेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा पर्यटकीय पूर्वाधारहरु थप्न तीन तहकै सरकारलाई दबाव परेको छ । पर्यटकीय पूर्वाधारको अध्ययन गर्न मानहुँमा मन्त्री र सांसदको समेत...