तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् ।
नगरकोटमा पर्यटक आकर्षित गर्न थप पहल
काठमाडौँ उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ ।
पर्यटन क्षेत्रको राष्ट्रिय आयामा योगदान सात प्रतिशत बढाइने
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मुलुकको राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याइने बताउनु भएको छ । हाल ३ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रको योगदान १५ औं पञ्चवर्षीय योजनामा ७ प्रतिशत बढाएर १० प्रतिशत पु¥याइने उहाँको भनाई थियो ।
कोशी पर्यटन महोत्सव शुरु
सुनसरीको कोशी गाउँपालिकास्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहामा कोशी पर्यटन महोत्सव शुरु भएको छ । आईतबार कोशी पर्यटन महोत्सवको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएपछि महोत्सव शुरु भएको हो ।
पर्यटकमा अर्नाको आकर्षण बढ्दै
दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघ, घडीयाल गोहीका लागि प्रख्याती कमाएको चितवन राष्ट्रिय निकुञ्ज केही समययता अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको छ ।