बन्दीपुरकाे शहर, आकासमा उड्ने सबैको रहर
गोरखापत्र अनलाइन ,
माघ ११, २०७६ शनिबार
तनहुँको बन्दिपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाईमा पर्न सफल भएको छ । यहाँबाट प्याराग्याइडिङ गर्नेको भीड दिनप्रतिदिन बढ्दै गईरहेको छ । भ्रमण वर्ष सँगसँगै बन्दीपुरमा आउने पर्यटकहरु बढ्दै गएको र प्याराग्याइडिङमा रमाउनेको सङ्ख्या पनि वृद्धि भईरहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । शाहसिक पर्यटकको लागि बन्दीपुरको गुरुङचे डाँडाबाट प्याराग्लाइडिङको सुविधा रहेको छ ।