भारतमा थप नौ हजार ४१९ जना नयाँ सङ्क्रमित थपिए
रासस / सिन्ह्वा
मंसिर २३, २०७८ बिहीबार
भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।