काठमाडौं, मङ्सिर २३ गते । वेबसाइट मापन गर्दै आएको साइट ‘एलेक्सा’ बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी ‘एलेक्सा’ सन् २०२२ को मे महिनाबाट पूर्णरुपमा बन्द हुने जनाएको छ ।
एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको अमेजनले वेबसाइटको र्याङ्क मापन गर्दै आएको एलेक्सा विगत २५ वर्षदेखि सञ्चालनमा रहेको थियो ।
एलेक्साले जुनसुकै वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटको र्याङ्किङ मापन गर्दै आएको थियो ।