म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो
रासस / एएनआई
मंसिर २५, २०७८ शनिबार
म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा ‘गम्भीर मानवअधिकार उल्लङ्घनको डरलाग्दो वृद्धिबाट स्तब्ध राष्ट्रसंघ स्तब्ध’ भएको जनाएको छ ।