पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाल अधिकारप्रति दृढ प्रतिबद्धता
रासस / सिन्ह्वा
मंसिर ४, २०७८ शनिबार
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार बालअधिकार कायम राख्न र देशका प्रत्येक बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्यामउँनु भएको छ ।
प्रधानमन्त्रीले विश्व बाल दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पाकिस्तान सरकार विकास, शिक्षा, स्वास्थ्य सेवा, सहभागिता, मर्यादा र सुरक्षा लगायतका प्रत्येक बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न कटिबद्ध रहेको बताउँनुभएको छ ।