logo
२०८१ मंसिर ११ मंगलवार



चीन कोभिड–१९ विरुद्ध सतर्क रहने

अन्तर्राष्ट्रिय |


चीन कोभिड–१९ विरुद्ध सतर्क रहने


बेइजिङ, मङ्सिर ४ गते । विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यस विरुद्ध सचेत रहने बताएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार चीनले विद्यमान रोकथाम र नियन्त्रण उपायहरूलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न जारी राख्नुपर्छ र बन्दरगाह क्षेत्रहरूको महामारी निरीक्षण र नियन्त्रण क्षमतालाई बलियो बनाउनुपर्छ ।

उनले समाजमा पर्ने असरलाई न्यूनीकरण गर्न चीनले प्रारम्भिक सङ्क्रमण तुरुन्त पत्ता लगाउने उपायहरू, रिपोर्टिङ, क्वारेन्टिन प्रोटोकल र कोभिड(१९ का विरामीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउने लगायतका प्रयत्न अगाडि बढाउँने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?