पुटिन र लुकाशेनद्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर
रासस / सिन्ह्वा
कार्तिक १९, २०७८ शुक्रबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ ।
सन् २०२१/२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको छ ।