भारतमा एकैदिनमा ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु
रासस / एएनआई
कार्तिक २२, २०७८ सोमबार
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।