सिएरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा
रासस / सिन्ह्वा
कार्तिक २२, २०७८ सोमबार
सिएरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो । यही सोमबार, मङ्गलबार र बुधबार देशभरि शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रम नगरिने अधिकारीहरुले जनाएका छन् ।