logo
२०८१ मंसिर ११ मंगलवार



म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

अन्तर्राष्ट्रिय |


म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने


याङ्गुन, कात्तिक १२ गते । म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो । यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डह अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले गरेको बताइएको छ ।

यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण संस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?