बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना
रासस / सिन्ह्वा
भाद्र ३०, २०७८ बुधबार
प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्नुहुने भएको छ ।
नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ । यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।