चीनको सिचुवान प्रान्तमा भूकम्प, तीन जनाको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र ३१, २०७८ बिहीबार
चीनको सिचुवान प्रान्तमा छ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा हालसम्म तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको सिचुवान प्रान्तको लुझौ शहरको लुजियान काउन्टिमा भूकम्प गएको बताइएको छ । लुजियान काउन्टिको फुजी क्षेत्रमा भूकम्पबाट तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ । जमीनभन्दा १० किलोमिटरको गहिराइमा बिहान करिब साढे चार बजे भूकम्प गएको हो । प्रान्तीय...