राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि
रासस / एपी
भाद्र २६, २०७८ शनिबार
राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गर्नु भएको छ। आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर हुनुहुन्थ्यो भने अहिले देशको सर्वोच्च नेतृत्वमा...