गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । भारतमा गएको चौबीस घण्टामा ३३ हजार ३७६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरला राज्यका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा १५ लाख ९२ हजार १३५ नमुना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको छ । हाल तीन लाख ९१ हजार ५१६ जना सक्रिय सङ्क्रमित छन् ।
गएको चौबीस घण्टामा ३२ हजार १९८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २३ लाख ७४ हजार ४९७ जना निको भएका छन् । शुक्रबार नै चौबीस घण्टामा ३०८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म चार लाख ४२ हजार ३१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।