‘महिलाले पढ्न पाउँछन् तर छुट्टै विद्यालय र विश्वविद्यालयमा’
गोरखापत्र अनलाइन
भाद्र २७, २०७८ आईतवार
अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने बताएको छ । तर अनुहार छोपेर मात्रै पठनपाठनमा सहभागी हुन पाउने उसले जनाएको छ ।
अफगानिस्तानको उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले आइतबार शिक्षा सम्बन्धमा नयाँ नीति ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै यसप्रकारको धारणा राख्नुभएको हो । २० वर्षपछि तालिबान नेतृत्वको सरकारको पुनरागमन हुँदा महिला अधिकारबारे...