श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त
रासस / सिन्ह्वा
चैत्र २४, २०७८ बिहीबार
श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गर्नुभएको छ ।श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उहाँले यो समूह नियुक्त गर्नुभएको छ ।