logo
२०८० चैत्र १६ शुक्रवार



रुसी सेनाद्वारा युक्रेनको ज्यापोरिजियाका मेयर बर्खास्त

अन्तर्राष्ट्रिय |


रुसी सेनाद्वारा युक्रेनको ज्यापोरिजियाका मेयर बर्खास्त


काठमाडौं, चैत २४ गते । रुसी सेनाले युक्रेनको ज्यापोरिजियाका मेयरलाई बर्खास्त गरेको छ । किभ इन्डिपेन्डेन्ट समाचार वेभसाइटका अनुसार रुसी सेनाले ज्यापोरिजिया क्षेत्रका इनोर्होडार शहरका मेयर डिमिट्रो ओर्लोभलाई बर्खास्त गरेर नयाँ मेयरलाई नियुक्त गरेको छ ।

ज्यापोरिजिया क्षेत्रमा रहेको इनोर्होडार शहरमा आणविक भट्टी छ जहाँ रुसी सेनाले मार्च महिनामा क्षेप्यास्त आक्रमण गर्दा आगलागी भएको थियो ।

यस नगरलाई रुसी फौजले आंशिक रुपमा आफ्नो नियन्त्रणमा लिएको अल जजिराले उल्लेख गरेको छ । रुसी फौजले बहालवाला मेयरको स्थानका उपमेयरलाई सो शहरको मेयरको रुपमा नियुक्ति दिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?