अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानमा संसद् विघटनको सिफारिस
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गर्नुभएको छ। उहाँले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो।
सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उहाँले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी दिनुभयो। उहाँले संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि...