चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए
रासस / सिन्ह्वा
फाल्गुन ६, २०७८ शुक्रबार
चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती सङ्क्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।