logo
२०८१ बैशाख २३ आईतवार



सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

अन्तर्राष्ट्रिय |


सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान



अंकारा, फागुन ६ गते । टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अनुसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो ।

टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख ९४ हजार नागरिकमध्ये ८४ हजार जनाजति बालबालिका पनि रहेका छन् ।सिरियामा गृहयुद्ध सुरु भएपछि त्यहाँका नागरिकहरु छिमेकी लगायतका देशहरुमा शरणा लिन पुगेका छन् । यसरी यहाँका लाखौँलाख नागरिकले देश छोडेर भागेका छन् । यसरी भागेर शरणार्थी बन्न बाध्य भएका नागरिकमध्ये टर्कीमा मात्र ३७ लाख जना रहेका छन् ।

टर्कीस् सरकारले त्यहाँ रहेका ३७ लाख सिरियाली नागरिकलाई अस्थायी शरण दिएर राखेको जनाएको छ । उनीहरुले पनि टर्कीस् नागरिकका लागि आवेदन गरेका तर पनि उनीहरु सबैलाई नागरिकता दिन सो सम्भव नभएको समाचारमा जनाइएको छ ।

सिरियामा सन् २०११ देखि सुरु भएको सरकारविरुद्धको आन्दोलन निकै लामो समयदेखि जारी रहेपछि त्यहाँ यसले गृहयुद्धको रुप लिएको छ ।यहाँ अहिले पनि हिंसा जारी रहेकाले यहाँका नागरिकहरु आन्तरिक रुपमा शरणार्थी बन्ने तथा देश छोडेर भाग्ने क्रम जारी नै रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?