logo
२०८१ बैशाख २३ आईतवार



चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए


बेइजिङ, फागुन ६ गते । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती सङ्क्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि छन् । साङ्घाइमा देशबाहिरबाट आएका केही सङ्क्रमित फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी सङ्क्रमित उपचाररत छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर छ ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो सङ्क्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकहरुलाई कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?