फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा
रासस / एपी
भाद्र १८, २०७७ बिहीबार
कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।