logo
२०८१ असोज १३ आईतवार



फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा

अन्तर्राष्ट्रिय |


फ्रान्सद्वारा आर्थिक राहत प्याकेज घोषणा


पेरिस, भदौ १८ गते । कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।
फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि आरटिएल रेडियोलाई दिएको अन्तर्वार्तामा नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् । फ्रान्समा बिहीबार मात्र सात हजार नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका थिए । पछिल्ला दिनहरुमा यो युरोपमै सबैभन्दा बढी वृद्धिदर हो । फ्रान्समा हालैका दिनहरुमा कडा लकडाउन र नियमहरुलाई खुकुलो बनाइएको छ ।

फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा बिरामीको संख्या केही बढेको देखिए पनि मार्च र अप्रिलको जस्तो अवस्था देखिएको छैन । कोरोना संक्रमण फेरि बढ्न थालेपनि फ्रान्सका विद्यालयहरु खुल्न थालेका छन् भने अधिकारीहरुले मानिसलाई काममा फर्कन प्रेरित गरिरहेका छन् । फ्रान्समा कोरोनाभाइरसबाट ३० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप