अमेरिकी राष्ट्रपतिद्वारा भारतीय प्रधानमन्त्रीको प्रशंसा
रासस / एएनआई
भाद्र २०, २०७७ शनिबार
स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गर्नुभयो ।