डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु
रासस / सिन्ह्वा
पुष २१, २०७८ बुधबार
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।पछिल्ला दिनहरुमा क्रिसमस...