स्वीडेनका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट सङ्क्रमित
स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । “द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाइ
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।
अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह
चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो ।
उत्तर कोरियाद्वारा मङ्गलबार पनि क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले मङ्गलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।
कजाकस्तानमा प्रदर्शनमा १६४ जनाको मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ
कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ ।