अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
रासस
पुष १८, २०७८ आइतवार
अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बताएको छ । "निरपेक्षता" र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।