भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित
रासस / एएनआई
पुष १६, २०७८ शुक्रबार
भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कुल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३८ हजार ८०४ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये एक हजार २७० जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।