ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु
रासस / सिन्ह्वा
पुष ११, २०७८ आइतवार
ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा मात्र कोरोनाभाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको सङ्ख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ ।