logo
२०८१ मंसिर १० सोमवार



भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

अन्तर्राष्ट्रिय |


भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु
सांकेतिक तस्बिर


काश्मिर, पुस ११ गते । भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ ।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए ।
झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?