विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित – डब्लुएचओ
रासस
चैत्र ३०, २०७६ आईतवार
कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ ।
डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीले भनेका छन्, “सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित गर्न नसकिएको तर...