logo
२०८१ असोज ६ आईतवार



अफगानिस्तानको राष्ट्रपति निबासका २० कर्मचारी संक्रमित

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको राष्ट्रपति निबासका २० कर्मचारी संक्रमित
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । अफगानिस्तानको काबुलस्थित राष्ट्रपति निबासमा कार्यरत २० जना कर्मचारीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । अफगानिस्तानको काबुलबाट प्रसारण हुने टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ५१७ वटा नमूना सङ्कलन गरिएकोमा राष्ट्रपति निबासमा कार्यरत २० जनामा संक्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।
समाचार संस्था एएनआईका अनुसार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीमा कोरोनाभाइरस परीक्षण गरिए नगरिएकोबारे सञ्चारमाध्यमले स्पष्ट गरेको छैन् । अफगानिस्तानमा पाँचसय ५५ जना कोरोनाभाइरसबाट संक्रमित छन् । १८ जनाको मृत्यु भएको छ । काबुलस्थित संक्रामक रोग अस्पतालका प्रमुख असदुल्लाह इस्मतले पर्याप्त किटको अभावमा परीक्षण दर बढाउन नसकिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?