बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे
रासस / सिन्ह्वा
पुष २, २०७८ शुक्रबार
बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या भएको यहाँका अधिकारीहरुले जनाएका...