बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु
गोरखापत्र अनलाइन
मंसिर २८, २०७८ मंगलवार
बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गर्नुभएको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भन्नुभएको छ ।