logo
२०८१ बैशाख ३० आईतवार



भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, पुस २ गते । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा सात हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७६५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?