नेपाल अत्यन्तै खराब समयका लागि तयार बस्नुपर्छ
गोरखापत्र अनलाइन ,
श्रावण १३, २०७७ मंगलवार
नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेको संख्या नियन्त्रित देखिन्छ । परीक्षण दरलाई लिएर एक प्रकारको असन्तुष्टि कायमै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलि नसकेको दाबी गर्दै आएको छ । राजधानी काठमाडौंमा छिटफुट रुपमा सङ्क्रमित फेला पर्दै आएका छन् । तर राजधानी बाहिर प्रदेश १ को बिराटनगर, प्रदेश २ को राजबिराज र बिरगञ्ज तथा मध्य पश्चिमको दैलेखमा झुण्डमै सङ्क्रमित फेला परेका...