लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
जेष्ठ १२, २०७८ बुधबार
१. वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानको निधन कहिले भएको हो ?
विक्रम संवत् २०७८ वैशाख २३ ।
विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानलाई नेपाली साङ्गीतिक क्षेत्रमा ‘गोल्डन भ्वाइस’ उपनामले पनि चिनिने ।
१६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौँलगायतका दर्जनौँ...