प्रजातन्त्र दिवसमा ५०१ कैदीको सजाय मिनाहा, १२ जनालाई आममाफी
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ भने १२ जनालाई आममाफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो ।