लगानी कोषको सञ्चालक समिति समावेशी बनाउने सहमति
रासस
माघ १५, २०७६ बुधबार
प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ ।
विधेयकमाथिको दफावार छलफल सकिएपछि समितिको आजको बैठकले मूल ऐन, विधेयकमाथिको संशोधन, राष्ट्रियसभाबाट प्राप्त सन्देश र समितिमा भएको छलफललाई समेटेर अन्तिम प्रतिवेदन बनाउन निर्देशन दिइएको समितिका सचिव सुरेन्द्र अर्यालले...