एउटै खोलामा दसवटा जलविद्युत् आयोजना
गोरखापत्र अनलाइन ,
माघ १६, २०७६ बिहीबार
एउटा खोलामा कतिवटासम्म जलविद्युत् आयोजना निर्माण हुन सक्छन् ? जोकोहीलाई यसको सजिलो जवाफ दुई अथवा तीन भन्ने लाग्न सक्छ, तर इलामको एउटै मात्र माईखोलामा कुल दसवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् । यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ ।