बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुने
गोरखापत्र अनलाइन ,
मंसिर २७, २०७६ शुक्रबार
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन अवस्थामा रहेको बागमतीको फोहोर पानी प्रशोधन केन्द्र दुई महिनाभित्र सम्पन्न हुनेछ । शुक्रबार खानेपानीमन्त्री वीना मगरले उक्त प्रशोधन केन्द्रको निरीक्षण गर्दै आगामी माघ महिनाभित्र बागमतीको फोहोर प्रशोधन केन्द्र सम्पन्न गरिसक्ने बताउनुभयो ।