सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको छ : मन्त्री पोखरेल
गोरखापत्र अनलाइन ,
मंसिर २८, २०७६ शनिबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिनुभयो ।