हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास
रासस
कार्तिक २९, २०७६ शुक्रबार
मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गर्नुभएको थियो ।