राष्ट्रपति भण्डारी र बंगलादेशका समकक्षी हमिदबीच शिष्टाचार भेट
रासस
कार्तिक २७, २०७६ बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।