महाकाली ब्यारेजका ढोकामा ताल्चा ! घाटमा खरानी बगाउन पानीको अभाव
गोरखापत्र अनलाइन ,
कार्तिक ३, २०७६ आईतवार
नेपाल–भारतको सीमामा बग्ने महाकाली नदी दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पानी पाउन सकेका छैनन् ।