बेलहिया नाकामा घर फर्किनेको चाप, यसवर्ष लुटपाट र ठगीका घटनामा कमी
गोरखापत्र अनलाइन ,
आश्विन १८, २०७६ शनिबार
भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको बेलहिया सीमानाकामा घुइँचो लागेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली बेलहिया नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।