आज फूलपाती
गोरखापत्र अनलाइन ,
आश्विन १८, २०७६ शनिबार
असोज शुक्ल सप्तमीका दिन शनिबार हनुमानढोका दरबारस्थित दशैँघरमा सरकारी तबरबाट फूलपाती भिœयाइँदैछ । केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैँघरमा ल्याउने चलन छ । नेपाली सेनाको शार्दुलजङ्ग गुल्मबाट खटिएका सेना फूलपाती लिन छत्रे देउराली गएका छन् ।